काभ्रेको भकुण्डेवेशीबाट बीपी राजमार्ग निस्कने छोटोदुरीको वैकल्पिक सडक आजबाट संचालनमा

आश्विन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रेको भकुण्डेवेशीबाट बीपी राजमार्ग निस्कने छोटोदुरीको वैकल्पिक सडक आजबाट संचालनमा

सिन्धुली । काभ्रेको भकुण्डेवेशीबाट तिमाल खैरेनीहुँदै मध्येपहाडी राजमार्ग भएर रामेछापको सित्खा पुलबाट सुनकोशी नदी पार गरि बीपी राजमार्ग निस्कने छोटोदुरीको वैकल्पिक सडक आजबाट संचालनमा आएको छ ।

भकुण्डेवशीबाट तिमाल खैरेनीहुँदै मध्येपहाडी राजमार्ग भएर सित्खासम्म पुग्न करिब ३५ किलोमिटर दुरी रहेको उर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ कान्छारामले जानकारी दिनुभयो ।

धुलीखेलबाट भकुण्डेवेशी २५ किलोमिटर र भकुण्डेवेशी-सित्खा ३५ किलोमिटर गरि ६० किलोमिटरमा एकतर्फी संचालनमा रहेको सुनकोशी गाउँपालिका ३ को बीपी राजमार्गमा जोडिन्छ । रामेछाप र सिन्धुलीको सिमानाको सुनकोशी नदीको पक्की पुल संचालनमा छ ।

मोटरसाइकल र साना सवारी खुलीसकेको र भोलीबाट यात्रुसवाहक बस संचालनमा आउने राज्यमन्त्री तामाङले जानकारी दिनुभयो । खुर्कोट-नेपालथोक खण्ड अन्तर्गत बीपी राजमार्ग भएर खुर्कोटबाट सित्खा पुग्नको लागि २० किलोमिटर छ ।

भकुण्डेवेशीबाट बीपी राजमार्ग भएर खुर्कोट पुग्न ५९ किलोमिटर छ भने तिमाल हुँदै खुर्कोट पुग्न ५५ किलोमिटर मात्रै छ । यता बीपी राजमार्ग अन्तर्गत नेपालथोक-धुलीखेल खण्डमा अस्थाइ सडक निर्माण जारी छ । काभ्रेको मंगलटारसम्मको ८ किलोमिटर सडक आजै दिउँसोसम्ममा संचालन हुने स्थानीयले जनाएका छन् ।

दोलखाबाट रामेछापहुँदै बीपी मार्गमा जोडिने सडकमा पहिरो गएर अवरुद्ध भएकाले साना सवारीका लागि भकुण्डेवेशी-सित्खा सडक उपयूक्त हुने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement