भक्तपुरको बिस्का जात्रामा भाँचियो भैरवनाथको रथ

चैत्र २८, २०८० |कान्तिपुर टीभी संवाददाता
भक्तपुरको बिस्का जात्रामा भाँचियो भैरवनाथको रथ

काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पहिलो दिनमै भैरवनाथको रथ भाँचिएको छ । हिँजोबाट सुरु भएको जात्रामा रथ भाँचिएपछि अहिले उक्त रथको मर्मत कार्य भइरहेको छ । सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको भक्तपुरको बिस्का जात्रा आठ रात नौ दिनसम्म मनाइने परम्परा छ ।

पहिलो दिन रथ तानेर ग हिटीमा पुर्‍याएर जात्रा सम्पन्न गर्नुपर्ने थियो । तर, रथको मेरुदण्ड मानिने ४ वटा गल सीमध्ये ३ वटा भाँचिएपछि रथ ग हिटीमा पुर्‍याउन नसकेको हो । गुठी संस्थान अन्तर्गत रहेर सञ्चालन हुने बिस्का जात्राको रथ अहिले ग हिटीमा नजिकै राखेर मर्मत कार्य भइरहेको गुठी संस्थान भक्तपुरले जनाएको छ ।

जात्राको पहिलो दिन हिजो जात्रा १४ घण्टामा चलेका कारण रथ बिग्रिएको संस्थान कार्यालय भक्तपुरका प्रमुख खेम ओलीले बताएका छन् । रथ मर्मत कार्य भोलिसम्म सकिने र ग हिटीमा पुर्‍याइने उनले बताए । रथ बनाउन मात्रै २५ लाख रुपैयाँ खर्च लाग्ने संस्थानले जनाएको छ । जात्रा संचालन गर्न गुठी संस्थाले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement