संखुवासभामा जग्गा किनबेच बढ्यो

वैशाख ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
संखुवासभामा जग्गा किनबेच बढ्यो

स‌ंखुवासभा । सरकारले जग्गाको वर्गीकरण खुकुलो पारेपछि संखुवासभामा जग्गा कारोबार बढेको छ । यस आर्थिक वर्षको ९ महिनामा मालपोत कार्यालय खाँदबारीमा १ हजार ६ सय ६१ लिखत पास भएका छन् । 

गत आर्थिक वर्षमा कारोबार संख्या १ हजार ४ सय मात्रै रहेको मालपोत कार्यालयले जनाएको छ । अघिल्लो २ वर्षको तथ्यांक अनुसार कारोबार बढ्दो क्रममा देखिएको हो  । ९ महिनाको अवधिमा मालपोतले राजश्व बापत करिब १ करोड ९० लाख रुपैयाँ संकलन गरेको मालपोत कार्यालयका प्रमुख चेतनाथ पराजुलीले जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.