पश्चिम नवलपरासीको प्रतापपुरमा आगलागीमा परी ५ घर जले

चैत्र २८, २०८० |कान्तिपुर टीभी संवाददाता
पश्चिम नवलपरासीको प्रतापपुरमा आगलागीमा परी ५ घर जले

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुरमा आगलागीबाट पाँच घर जलेका छन् ।  प्रतापपुर गाउँपालिका-६ गुठीमा गए राति मनोज पालको घरबाट बिजुली सर्ट भएर सल्किएको आगोले छिमेकीका चार घर पनि जलेका हुन् । आगलागीमा परेका सबै कच्ची घरका अन्नपात र लत्ता कपडासहित एउटा भैंसी समेत जलेको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । प्रतापपुर गाउंपालिका-६ कै रेतामा मच्छड मार्ने धुपबाट सल्किएको आगोले कमल एरको गोठमा आगलागी हुँदा भण्डारण गरेर राखिएको १ सय २० केजी तोरी, १ सय केजी चामल र लत्ता कपडा जलेर नष्ट भएको छ ।

यसैगरी, झापाको दमक नगरपालिका-५ स्थित लाईफ लाइन असपताल छेउमै रहेकाे एक घरमा लागेकाे आगाे सल्केर तीनवटा घरमा क्षति पुगेकाे छ । हिजो राति प्रेम धिमालकाे घरमा मछड धपाउन कुखुराकाे अण्डा राख्ने क्रेट बालेर छाेड्दा आगाे सल्केर अस्पतालमा समेत क्षति भएकाे प्रहरीले जनाएको छ । आगलागीबाट करिब २ कराेड रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement