
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले एक्सनका नाममा स्टन्ट गरेर समय बर्बाद नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले जेन-जी पुस्ताले व्यवस्थाको विरूद्धमा नभइ अवस्थाको विरूद्धमा विद्रोह गरेको स्मरण समेत गराउनु भयो । उहाँले सरकारलाई संविधान पढ्न समेत सुझाउनु भयो । उहाँले संविधानले समाजवादउन्मुख राज्यव्यवस्था निर्माण गर्ने संकल्प गरेको उल्लेख गर्दै सरकार त्यसतर्फ ध्यान जानुपर्ने बताउनु भयो ।
सरकारले विगतमा जस्तै स्टन्ट गर्दै गए जेन-जी पुस्ताको भावनाअनुसार अगाडि बढ्न नसकिने उहाँको भनाइ छ ।