
काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गते जलाइएको सिंहदरबारलगायतका घटना सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहनु भएका उहाँले सो घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो । नवयुवाहरूलाई गलत ढंगले परिचालन गर्ने सिंहदरबारलगायतका ठाउँहरूलाई खण्डहर बनाएकोमा आफू भावविह्वल भएको भन्दै उहाँले त्यसको घटनाको तथ्य सार्वजनिक हुनुपर्ने बताउनु भयो ।
सांसद झाँक्रीले सरकारले कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर हिँडने काम गर्न नहुने पनि बताउनु भयो । सांसद झाँक्रीले राज्यको विरूद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढन नसकिने पनि बताउनु भयो ।