प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त

चैत्र १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन व्यञ्जनकार र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त हुनुभएको छ । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार मन्त्रिपरिषद्को बैठकले बेन र शाहलाई सल्लाहकारमा नियुक्त गरेको हो । प्रमुख सल्लाहकारमा नियुक्त बेन प्रधानमन्त्री शाहका यअघिदेखिकै सहयोगी हुनुहुन्छ । काठमाडौं महानगरपालिकाको मेयर हुँदादेखि नै बेनले शाहलाई सहयोग गर्दै आउनु भएको छ । यसपटकको चुनावी अभियानमा पनि उहाँ शाहको साथमै हुनुहुन्थ्यो ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त असीम शाह रास्वपाका पूर्वसांसद हुनुहुन्छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच सँगै राजनीतिक यात्रा गर्ने छलफल असीम शाहको घरमा भएको थियो । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा नियुक्त हुनुभएको छ भने आईटी सल्लाहकारमा विवेक मिश्र नियुक्त हुनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.