नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनएको बधाइ

चैत्र १३, २०८२ |रासस
नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनएको बधाइ

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाइ दिएको छ ।

सङ्घका अध्यक्ष डा. हेमराज शर्माले शुक्रबार विज्ञप्तिमार्फत शाहलाई प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाइ ज्ञापन गर्दै सफल, प्रभावकारी तथा ऐतिहासिक कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष शर्माले प्रधानमन्त्री शाहको कार्यकालमा सङ्घ र विदेशमा रहेका नेपालीले सरकारसँग रचनात्मक सहकार्य गर्दै नेपालको विकास प्रक्रियामा दरिलो तथा विश्वसनीय साझेदारका रूपमा योगदान पुर्‍याउने अपेक्षा राखेको उल्लेख गर्नुभएको छ ।