खेलकुद र शिक्षा क्षेत्रमा राजनीतिकरण अन्त्य गर्ने मन्त्री पोखरेलको उद्घोष

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
खेलकुद र शिक्षा क्षेत्रमा राजनीतिकरण अन्त्य गर्ने मन्त्री पोखरेलको उद्घोष

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुद र शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणलाई पूर्ण रूपमा बन्द गरिनुपर्ने बताउनुभएको छ ।

शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पोखरेलले पेसागत क्षेत्रमा भइरहेको राजनीतीकरणले काम गर्न कठिन बनाएको उल्लेख गर्दै यसलाई रोक्नु नै आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पार्नभएको हो । मन्त्री पोखरेलले खेलकुद निकायहरूमा राजनीति गर्ने मान्छे नभइ खेल क्षेत्रकै विज्ञ र अनुभवी व्यक्तिहरू पुग्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले राष्ट्रिय खेलकुद परिषद् लगायतका निकायहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई राखेर अगाडि बढ्ने योजना रहेको पनि बताउनु भयो । अखिल नेपाल फुटबल संघ-एन्फामा देखिएको विवादको मुख्य जड पनि राजनीतीकरण नै रहेको उहाँको ठम्याइ छ । खेल क्षेत्रको विकासका लागि राजनीतीकरण रोक्नु नै आफ्नो कार्यकालको महत्वपूर्ण योजना रहेको उहाँले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.