स्वास्थ्यमन्त्री मेहताद्वारा पदभार ग्रहण

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्यमन्त्री मेहताद्वारा पदभार ग्रहण

काठमाडौं । निवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको सपथ लिएपश्चात् उहाँ मन्त्रालयमा पुगेर पदबहाली गर्नुभएको हो । उहाँलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

पेसाले नर्स उहाँ रास्वपामा स्थापनाकालदेखि नै आबद्ध हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको मधेसी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिनुभएको हो । सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट नर्सिङमा स्नात्तकोत्तर गर्नुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.