
बारा । बाराकाे संवेदनशील र अति संवेदनशील १४५ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएकाे छ ।
मतदान केन्द्र र सुरक्षाकाे दुरूस्त व्यवस्थापनले कतै असहजसँगै सुरक्षा चुनाैती कतै देखिएन । नेपाल-भारत सीमावर्ती क्षेत्रका मतदान केन्द्रहरू संवेदनशील र अति संवेदनशील मानिएकाे थियाे । मतदान मतदान केन्द्रहरूमा मतदाताकाे चाप घटेकाे छ ।
अपराह्न ४ बजेसम्म चारवटै निर्वाचन क्षेत्रहरूमा ६० प्रतिशत मतदान भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका सहायक निर्वाचन अधिकृत राजकुमार दाहालले बताउनुभयाे । मतदान केन्द्रहरू खाली हुन थालेकाे छ ।