वसन्तपुरमा होलीको उल्लास

फाल्गुन १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
वसन्तपुरमा होलीको उल्लास

काठमाडौं । फागुन शुक्ल पूर्णिमाको दिन सोमबार काठमाडौंको हनुमानढोका दरबार क्षेत्रसहित देशका पहाडी र हिमाली क्षेत्रमा होली पर्व मनाइएको छ ।

बसन्तपुरमा विभिन्न देशका पर्यटकहरूले स्थानीयसँग मिलेर आपसमा रंग दलेर होली पर्व मनाएका छन् । फागुन २१ गते निर्वाचन परेकाले अघिल्लो वर्षहरूमा जस्तो रौनक नदेखिए पनि वसन्तपुरमा बिहानैदेखि होली खेलिरहेका छन् । यहाँ एकअर्कामा रङ लगाइ सद्भाव, सम्मान र मायाका साथ होली खेल्ने परम्परा रहीआएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.