.png&w=1000&height=550)
धनकुटा । कोशी प्रदेशमा किराँत याक्थुम चुम्लुङले आफ्ना माग र मुद्धामा सार्वजनिक प्रतिबद्धता नआए कोशी प्रदेशमा ’नो भोट’ अभियान चलाउने चेतावनी दिएको छ।
धनकुटामा शनिबार पत्रकार सम्मेलन गर्दै किराँत याक्थुम चुम्लुङले आफूहरुले चलाइरहेको ’सेभ मुकुम्लुङ’, ’नो कोशी’ र ’नो केवल कार’ अभियानमा पार्टी र उमेदवारको प्रतिबद्धता खोजेको बताएको हो ।
आफूहरूका ऐतिहासिक, सांस्कृतिक तथा पहिचानसँग जोडिएका विषयमा राजनीतिक दल र उम्मेदवारले स्पष्ट लिखित प्रतिबद्धता जनाउनुपर्ने किराँत याक्थुम चुम्लुङका अध्यक्ष हेमकुमार आङला लिम्बुले बताउनुभयो। संगठनले सार्वजनिक गरेको १५ बुँदे मागपत्रमा मुकुम्लुङ क्षेत्रको संरक्षण, कोशी प्रदेश नामकरणप्रति असहमति, केवलकार निर्माणको विरोध, याक्थुङरलिम्बु समुदायको पहिचान, भाषा, संस्कृति र ऐतिहासिक भूगोलको संरक्षण तथा अधिकार सुनिश्चित गर्नुपर्ने विषय समेटेको छ।
त्यस्तै मुद्दा बेवास्ता गरिए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने उनीहरूको संकेत छ।