
यो सहयोग नेपाल सरकारको आग्रहमा आधारित छ । निर्वाचन प्रक्रियालाई सुगम बनाउनका लागि महत्वपूर्ण मानिएको छ । भारत सरकारले करिब ६५० वटा सवारी साधनहरू (मुख्य रूपमा डबल क्याब पिकअप, एसयूभी र अन्य उपयोगी वाहनहरू) उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
यो सहयोगलाई विभिन्न चरणमा हस्तान्तरण गरिँदैछ । भारतीय दूतावासका अनुसार यो सहयोग नेपालको निर्वाचन तयारीमा लजिस्टिक्स र सुरक्षा व्यवस्थापनलाई मजबुत बनाउन लक्षित छ । भारतले सन् २००८ देखि नै नेपालको निर्वाचनमा यस्तो सहयोग गर्दै आएको छ ।
जसअन्तर्गत हजारौं सवारी साधनहरू प्रदान गरिसकिएको छ । गृह मन्त्रालयकाअनुसार यी गाडीहरू मुख्य रूपमा सुरक्षा निकाय (प्रहरी, सशस्त्र प्रहरी), निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूलाई उपलब्ध गराइनेछ । यसले दुर्गम क्षेत्रमा मतदान सामग्री पुर्याउने, सुरक्षा टोलीको आवतजावत र निर्वाचन प्रक्रियाको सुचारू सञ्चालनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।