भक्तपुर-२ बाट महेश बस्नेतकाे उम्मेदवारी दर्ता

माघ ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
भक्तपुर-२ बाट महेश बस्नेतकाे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

सचिव बस्नेतले मंगलबार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो । बस्नेत २०७९ मा भएको निर्वाचनमा पनि सो क्षेत्रबाट उम्मेदवार रहनुभएको थियो । उहाँ गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापासँग पराजित हुनुभएको थियो भने २०७० र २०७४ सालमा भने सो क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । 

कांग्रेसले भने यस क्षेत्रबाट कविर राणालाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.