काठमाडौं-५ बाट ईश्वर पोखरेलकाे उम्मेदवारी दर्ता

माघ ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं-५ बाट ईश्वर पोखरेलकाे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

पोखरेलले मंगलबार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो । पोखरेल यसअघि पनि सोही क्षेत्रबाट उम्मेदवार बन्दै आउनुभएको छ । २०७९ मा भएको निर्वाचनमा पोखरेल नेपाली कांग्रेसका प्रदीप पौडेलसँग पराजित हुनुभएको थियो भने २०७४ मा भएको निर्वाचनमा भने जित हासिल गर्नुभएको थियो । 

यसपटक पनि काठमाडौं-५ मा पोखरेल र पौडेल फेरि एक पटक आमने-सामने भएका छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको छ । शीर्ष नेताहरूको प्रतिस्पर्धा हुने भएकोले काठमाडौं क्षेत्र नम्बर ५ को निर्वाचन रोचक हुने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.