
महोत्तरी । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट शरतसिंह भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
जसपा नेपालका वरिष्ठ नेता भण्डारीले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । भण्डारी पछिल्लो निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट विजयी हुँदै प्रतिनिधि सभा पुग्नुभएकाे थियाे । उहाँले पछिल्लो निर्वाचनमा २५ हजार १ सय ९० मत ल्याउँदै निर्वाचित हुनुभएकाे थियाे । उहाँले तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका उम्मेदवार डा. विजयकुमार सिंहलाई पराजित गर्नुभएकाे थियाे।