
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पुरानो मानसिकताले अब देश नचल्ने भन्दै आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसद्मा पठाउनुपर्ने बताउनु भएको छ ।
नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँग भएको भेटमा प्रधानमन्त्री कार्कीले आउँदो चुनावमा नयाँ, युवा र इमानदार सांसद जिताएर संसद्मा पठाउन सुझाव दिनुभयो । पुरानो सोच र शैलीले पनि अब नचल्ने बताउँदै उहाँले अब नयाँ नै आउनुपर्नेमा जोडदिनुभयो । युवाको भावनाअनुसार शासन चल्नुपर्ने बताउँदै प्रधानमन्त्री कार्कीले चुनावमा पैसाको खेल हुन नदिन पनि समुदायस्तरबाटै सबै चनाखो हुनुपर्ने धारणा राख्नुभयो।
भेटका क्रममा घेदुङका पदाधिकारीले तामाङ समुदायको जनसंख्या ३० लाखभन्दा बढी भए पनि जनगणनामा भएको त्रुटिका कारण १७ लाख हाराहारी मात्र देखिएकोमा प्रधानमन्त्री ध्यानाकर्षणसमेत गराएका थिए ।