
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले निर्वाचनमा सूचना प्रविधिको दुरूपयोग हुन नदिन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ ।
शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी छलफलका बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । उहाँले निर्वाचन शब्दको उपहास हुने गरी सामाजिक सञ्जाललगायतका सूचना प्रविधिको दुरूपयोग बढेकाले निर्वाचन आयोगले यसलाई नियन्त्रण गर्नका लागि तत्काल आवश्यक व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
नेता विश्वकर्माले सूचना प्रविधिको दुरूपयोग हुन नदिनका लागि निर्वाचन आयोगले अन्तराष्ट्रिय पर्यवेक्षकहरूको व्यवस्था गर्न उपयुक्त हुने धारणा समेत राख्नुभयो । नेता विश्वकर्माले निर्वाचनमा राष्ट्रिय झन्डाको दुरूपयोग हुन नदिन पनि निर्वाचन आयोगलाई सचेत गराउनु भयो ।