
काठमाडौं । नेकपा (एमाले)ले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ ।
शुक्रबार निर्वाचन आचारसंहितासम्बन्धी निर्वाचन आयोगले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा. राजन भट्टराई सो भनाइ राख्नुभएको हो । उहाँले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको छ ? भनि प्रश्न समेत गर्नुभयो ।
उहाँले निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो । सचिव भट्टराईले निर्वाचन आचारसंहिता प्रभावकारी र"पमा कार्यान्वयनमा नजाँदा विगतको निर्वाचन पनि सहज हुन नसकेको समेत स्मरण गराउनु भयो ।
सचिव भट्टराईले निर्वाचनको प्रचारसम्बन्धी आचारसंहितामा उल्लेख गरिएको व्यवस्था व्यवहारिक नरहेकोतर्फ पनि निर्वाचन आयोगलाई सचेत गराउनु भयो ।