
काठमाडौं । जेन-जी आन्दोलनका अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहले साेमबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
माइतीघर मण्डलामा भेला भएर सरकारको विरोध गर्दै प्रदर्शनमा उत्रेकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन-जी आन्दोलनको मर्म र युवा पुस्ताको भावनालाई आत्मसात गर्न नसकेको भन्दै उनीहरूले १० बुँदे मागसहित सडकमा प्रदर्शन गरेका हुन् ।
ढुंगानाले सरकारले आन्दोलनमा पक्राउ परेका युवामाथि लगाइएका मुद्दा खारेज, भ्रष्टाचार निर्मूल आयोग गठन र सर्वपक्षीय सरकार गठन गर्नुपर्ने लगायत माग अघि सार्दै आइतबार आन्दोलनको घोषणा गर्नुभएको थियो ।