प्रतिनिधि सभा निर्वाचनबारे आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार

पुस ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा निर्वाचनबारे आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल सिंहदरबारमा सुरू भएको छ ।

अगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा हुने छलफलमा निर्वाचन आयोगले प्रस्तुतिकरण दिनेछ । छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरू, प्रमुख राजनीतिक दलका तल्लो तहका नेताहरू तथा निर्वाचन आयोगका पदाधिकारी समेत सहभागी हुनुहुन्छ । 

प्रमुख दुई राजनीतिक दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसले संसद् पुनःस्थापनाको माग गर्दै आएको छ । केही जेन-जी समूह समेत सर्वपक्षीय अन्तरिम सरकार गठन गरेर मात्र निर्वाचन गर्नुपर्ने भन्दै आन्दोलनमा होमिएपछि सरकारले राजनीतिक दलहरूसँग छलफल गर्न लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.