
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् भाषा परीक्षा पास गरे पनि कोरिया पठाउन ढिलाइ गरेको भन्दै आन्दोलन शुरु भएको छ ।
भाषा र सीप परीक्षा पास गरेको दुई वर्ष बित्नलाग्दासमेत दक्षिण कोरिया जान नपाएकाहरूले आज ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखा घेराउ गरेका हुन् ।
सन् २०२५ का लागि एक लाख ६३ हजार जना परीक्षामा सहभागी भएकोमा १७ हजार ३० जना भाषा परीक्षामा उत्तिर्ण भएका थिए । तीमध्ये अधिकांशको अहिलेसम्म करार सम्झौतासमेत नभएका कारण दक्षिण कोरिया जान पाएका छैनन् । कोरियामा कामदार पठाउन थप परीक्षा लिनुभन्दा पहिले पास गरेका कामदारहरुलाई कोरिया पठाउनुपर्ने उनीहरुको माग छ ।
सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमा अदक्ष नेपाली कामदार लैजान थालेको थियो । हाल कोरियामा एक लाख हाराहारीमा नेपाली कार्यरत छन् ।