स्वास्थ्य सेवा कार्यालय हुम्लालाई कर्णाली प्रदेशको सम्मान

आश्विन ३१, २०८२ |जनकबहादुर शाही
स्वास्थ्य सेवा कार्यालय हुम्लालाई कर्णाली प्रदेशको सम्मान

हुम्ला । कर्णाली प्रदेशभरका स्वास्थ्य संस्थामध्ये स्वास्थ्य सेवा कार्यालय हुम्ला उत्कृष्ट कार्यसम्पादनका आधारमा पुरस्कृत भएको छ । 

दुर्गम भौगोलिक अवस्था, सीमित स्रोत–साधन र चुनौतीपूर्ण सेवाका बाबजुद पनि स्वास्थ्य सेवा कार्यालय हुम्लाले निरन्तर रूपमा देखाएको समर्पण र परिणाममूलक कामको कदर गर्दै प्रदेशस्तरमा सम्मान गरिएको हो ।

स्वास्थ्य कार्यालय हुम्लाको यो उपलब्धि केवल एक संस्थाको सफलतामा सीमित नभई, जिल्लाका दुर्गम पाखा–बस्तीमा दिनरात नथाकी सेवा दिइरहेका स्वास्थ्यकर्मीहरूको अथक मेहनतको प्रतिफल भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डाक्टर उमाकान्त तिवारीले बताउनुभयो । 


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।