कान्तिपुर टेलिभिजनकर्मी सुशीला पाठक सम्मानित

आश्विन ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनकर्मी सुशीला पाठक सम्मानित

काठमाडौं । कान्तिपुर टेलिभिजनकर्मी सुशीला पाठकलाई स्वर्गीय पदमप्रसाद अम्बिकादेवी दाहाल स्मृतिकोषबाट सम्मान गरिएको छ ।

पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ११ हजार रुपैयाँ राशिसहित सम्मान पत्रले पाठकलाई सम्मान गरिएको हो । दाहाल प्रतिष्ठानले शनिबार विराटनगर एक कार्यक्रम गरी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष दुर्गाप्रसाद दाहाल, महासचिव सूर्यकुमार दाहाल, निवर्तमान केन्द्रीय अध्यक्ष शालिग्राम दाहाल, युवराज दाहाल, नारायणप्रसाद दाहाललगायतले पाठकलाई सम्मान गर्नुभएको हो ।

यसैगरी, दाहाल प्रतिष्ठानअन्तर्गत स्थापित कोषहरूबाट समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरिएको छ । स्वर्गीय विद्यादेवी, बाबुराम-सरस्वती दाहाल सेवा कोषबाट स्थापित ‘विराट सामाजिक सम्मान’ बाट पण्डित भवानी शंकर निरौलालाई ३१ हजार रुपैयाँ, माया घरकी सुभद्रा प्याकुरेल र मानव सेवा आश्रमका नवराज केसीलाई २५ हजार रुपैयाँले सम्मान गरिएको हो । 

त्यसैगरी, सोही कोषबाट वराहक्षेत्र गुरुकुलका युगल दाहाल र उदयपुर गुरुकुलका पुष्पराज भट्टराईलाई सात हजार रुपैयाँसहित प्रोत्साहन स्वरूप सम्मान गरिएको छ । प्रतिष्ठानले सोही अवसरमा स्वर्गीय पण्डित जानकीवल्लभ-चन्द्रप्रभा दाहाल स्मृति कोषका तर्फबाट दमकका कुलबधु डोयनालाई ‘सामाजिक सम्मान’ र यमुना कोइराला दाहाललाई ‘वर्ष कुलबधु सम्मान’ प्रदान गरिएको छ ।

स्वर्गीय पदमप्रसाद-अम्बिकादेवी दाहाल स्मृति कोषका तर्फबाट भक्ति दाहाललाई ‘लेखन तथा साहित्य सम्मान’ प्रदान गरिएको छ । सोही कोषबाट ११ हजार राशिसहित सुमितकुमार खड्कालाई ‘राष्ट्रिय गायक सम्मान’ र ललितनारायण राजवंशीलाई ‘वर्ष खेलाडी सम्मान’ बाट सम्मानित गरिएको छ ।

स्वर्गीय चन्द्रकान्त-दिव्यश्वरा दाहाल स्मृति कोषको तर्फबाट धनमाया दाहाललाई छ हजार एक सय ५५ रुपैयाँ राशिसहित ‘वर्ष आमा सम्मान’ प्रदान गरिएको छ भने सोही कोषबाट पाँच हजार पाँच सय ५५ रुपैयाँ राशिसहित पोखरिया माविका उदय सिटौला र आदर्श माविका शुभेच्छा दाहाललाई उत्कृष्ट छात्रछात्रा सम्मानबाट पुरस्कृत गरिएको छ ।

दाहाल प्रतिष्ठानका महासचिव सूर्य दाहालले सोही समारोहमा प्रतिष्ठानको तर्फबाट बाबुराम दाहाललाई ‘अक्षय कोषदाता सम्मान’, कमलराज दाहाललाई ‘जग्गादाता सम्मान’ र धिरेन्द्र दाहाललाई ‘संरचना निर्माता सम्मान’ प्रदान गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.