२०७३ पछि सर्वोत्कृष्ट कर्मचारी नपाइएको भन्दै यस वर्ष पनि निजामती सेवा दिवसमा पुरस्कार रोकियो

भाद्र २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
२०७३ पछि सर्वोत्कृष्ट कर्मचारी नपाइएको भन्दै यस वर्ष पनि निजामती सेवा दिवसमा पुरस्कार रोकियो

काठमाडौं । सरकारले निजामती सेवा दिवसमा पुरस्कार दिनका लागि यस वर्ष पनि सर्वोत्कृष्ठ कर्मचारी भेटेन ।

सरकारले २०७३ सालदेखि पुरस्कृत गर्न सर्वोत्कृष्ठ कर्मचारी भेटेकै छैन । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आइतबार यो वर्षको निजामती सेवा दिवस मनाउँदा १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती पुरस्कार भने दिइयो । 

वर्षभरमा राम्रो काम गरेका कर्मचारीको मूल्याङ्कनको आधारमा पुरस्कारका लागि कर्मचारीहरू छनोट हुँदै आएका छन् । दुई लाख रूपैयाँ राशिको सर्वोत्कृष्ट कर्मचारी पुरस्कार भने सरकारले २०७३ सालपछि कसैलाई पनि दिएको छैन । 

पछिल्लो पटक २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउनु भएको थियो । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको समयमा २०१३ सालमा पहिलोपटक निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ सालदेखि सरकारले विविध कार्यक्रम आयोजना गरी निजामती सेवा दिवस मनाउँदै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.