डडेल्धुराको नवदुर्गामा जिप दुर्घटना, चार जनाको मृत्यु

भाद्र १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
डडेल्धुराको नवदुर्गामा जिप दुर्घटना, चार जनाको मृत्यु

डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब ८ बजेको समयमा से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको जिप्रका डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी डम्बर विष्टले पुष्टि गर्नुभयो । उहाँका अनुसार ठाँटा बजारबाट जिल्ला सदरमुकाम आउँदै गरेको जिप सडकभन्दा करिब पाँच मिटर तल खसेको छ। दुर्घटनामा ७ जना घाइते भएको प्रहरी निरीक्षक विष्टले बताउनुभयो । मृतक र घाइतेहरूको खनाखत हुन बाँकी रहेको छ।

दुर्घटनामा परेर घाइते भएकाहरुको उद्धार कार्य चलिरहेको छ । उहाँहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइने प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.