नेकपा बहुमतको शैक्षिक हडतालको चौतर्फी विरोध

श्रावण २, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेकपा बहुमतको शैक्षिक हडतालको चौतर्फी विरोध

काठमाडौं । विद्यार्थी र शिक्षकका संगठनले आह्वान गरेको शैक्षिक हड्तालका कारण आज आंशिक प्रभाव परेको छ । केही विद्यालयहरु खुले पनि उपत्यकाका ठूला विद्यालयहरु अधिकाँश बन्द भएका छन् । तत्काल शिक्षा ऐन जारी गर्न माग गर्दै नेकपा बहुमत निकट शिक्षक र विद्यार्थी संगठनले हड्ताल आह्वान गरेका हुन् ।

शैक्षिक संस्थामा गरिएको हडतालको चौतर्फी आलोचना भएको छ । विरोधका नाममा हुँदै आएका बन्द हड्ताल प्रति आम नागरिकको असन्तोष र आक्रोशका कारण पछिल्लो समय रोकिएका त्यस्ता गतिविधिलाई बढावा दिदैँ फेरि शैक्षिक हड्तालको आह्वान गरिएको हो । हड्तालको घोषणा गरिएको विज्ञप्ति सामाजिक सञ्जालबाट प्रवाह गरे पछि विद्यालयहरुमा अन्योल र त्रासको स्थिती देखा परेको छ । अखिल (क्रान्तिकारी) र अखिल नेपाल शिक्षक संगठनले छुट्टाछुट्टै विज्ञप्ति सामाजिक सञ्जाल मार्फत् फैलाएका छन् । जसमा जारी आज देशव्यापी शैक्षिक हड्तालको आह्वान गरिएको छ ।

हड्ताल भने पछि डरकै कारण पठनपाठन बन्द गर्नु परेको विद्यालय सञ्चालकहरुले बताएका छन् । विभिन्न मागका नाममा हुने हड्तालका कारण बालबालिकाको पढ्न पाउने हक खोसिएको भन्दै बाल अधिकारका क्षेत्रमा कृयाशिल विभिन्न संस्थाहरुले आपत्ति जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.