कोशी प्रदेशभा हावाहुरीसहित भारी वर्षाको संभावना

बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने
असार ३२, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशभा हावाहुरीसहित भारी वर्षाको संभावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेका कारण बागमती, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेस प्रदेशको केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.