आमाको नामबाट नागरिकता पाउने कानूनी आधार तय गर्न नागरिकता विधेयक संशोधनः गृहमन्त्री लेखक

असार २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
आमाको नामबाट नागरिकता पाउने कानूनी आधार तय गर्न नागरिकता विधेयक संशोधनः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नागरिकतासम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताउनुभएको छ ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सन्तानलाई नागरिकता प्राप्तिमा बुबाले असयोग गरेको खण्डमा आमाको नामबाट नागरिकता पाउन सकिने व्यवस्था विधेयकमा रहेको स्पष्ट पार्नुभयो । 

उहाँले गृहमन्त्री लेखकले राष्ट्रिय र नागरिकता नहुनु अत्यन्त पीडादायी अवस्था भएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न सरकारले विधेयकमा विभिन्न प्रस्तावहरू समावेश गरेको पनि बताउनु भयो । 

वर्तमान व्यवस्थाअनुसार बाबु र आमा दुवै नेपाली नागरिक भएमा मात्र सन्तानले वंशजको नागरिकता पाउने र आमा विदेशी भएमा सन्तानलाई अंगीकृत नागरिकता दिने व्यवस्था रहेको उहाँले स्मरण गराउनुभयो । 

संविधानको व्यवस्था परिवर्तन नगरी नागरिकता ऐन संशोधन गर्दा कानूनी जटिलता आउने भएकाले सावधानीपूर्वक विधेयक पारिएको उहाँको भनाइ छ । गृहमन्त्री लेखकले भोलिको दिनमा आमाले सन्तानलाई नागरिकता लिने प्रक्रियामा असहयोग गरेको खण्डमा बाबुको नामबाट मात्रै नागरिकता पाउन सकिने व्यवस्था समेत गर्न सकिने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.