काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सोपकोटाले इराकमा मृत्यु भएकी सिन्धुपाल्चोककी सुमिना तामाङको शव नेपाल ल्याउनका लागि आवश्यक कानूनी र कुटनीतिक पहल गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको आनको बैठकमा बोल्दै सांसद सापकोटाले मृतक तामाङको परिवारलाई उचित क्षतिपुर्ति दिन समेत माग गर्नुभएको हो ।
दुई वर्षअघि रोजगारीका लागि इराक पुगेकी सिन्धुपाल्चोककी सुमिना तामाङको २ चैतमा मृत्यु भएको छ । घरमा काम गर्दागर्दै भुइँमा ढलेकी तामाङलाई तत्काल उपचारका लागि अस्पताल लागिएकोमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको हो ।
गैरकानूनी बाटो हुँदै इराक पुगेकी उनी गम्भीर रोग र शारीरिक अवस्था कमजोर रहेका कारण उनलाई नेपाल ल्याउन दुई पटकसम्म एयरलाइन्सले स्वीकृति नदिए पछि हवाई टिकट रद्द गरिएको थियो ।
अब उनको शव नेपाल पठाउन करिव दुई महिना लाग्ने जनाइएको छ । नेपाल सरकारले प्रतिवन्ध लगाएको इराकमा करिव २० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको एनआएनएको तथ्यांक छ ।