प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् कार्यसूची

चैत्र ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधिसभा बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं । संघीय संसद् अन्तर्गत आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेबाट बस्नेछ ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि उपप्रधानमन्त्री पौडेलले प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी उपप्रधानमन्त्री पौडेलले ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement