मकवानपुर । सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरू नाबालिग भएकाले प्रहरीले उनीहरूको पहिचान सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले हेटौंडा उपमहानगरपालिका- २ वनस्खण्डी मन्दिरको माथि जंगलमा सामूहिक जबर्जस्ती करणीको घटना भएको जानकारी दिनुभयो । पीडित युवतीले फागुन २१ गते प्रहरीमा जाहेरी दिएपछि जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा फागुन २२ गते ५ जना र २३ गते थप २ जनालाई पक्राउ गरिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
आरोपित किशोरहरूलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट जबर्जस्ती करणी कसुरमा ५ दिनको म्याद अनुमति लिई अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।