काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापालाई अमेरिकाको अध्यागमनको हिरासतमा राखिएको छ । केन्द्रीय सदस्य थापा अमेरिकाको हिरासतमा परेको पुष्टि रास्वपाले गरेको छ ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले केन्द्रीय सदस्य अमेरिकी अध्यागमनको हिरासतमा परेको जानकारी आएको बताउनुभएको छ ।
केन्द्रीय सदस्य थापाले पार्टीमा निवेदन दिएर नै केन्द्रीय समिति सदस्यको जिम्मेवारीबाट बाहिर रहने जानकारी गराएको पनि कार्यवाहक प्रवक्ता झाले दाबी गर्नुभयो ।