पूर्वयुवराज शाहको मुटुमा स्टेन्ट राखियो, एक-दुई दिन अस्पतालमै रहने

फाल्गुन १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
पूर्वयुवराज शाहको मुटुमा स्टेन्ट राखियो, एक-दुई दिन अस्पतालमै रहने

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना हुनुभएको छ। आइतबार हृदयघात भएपछि उहाँलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

पूर्वयुवराज पारसको स्वास्थ्य अवस्था स्थिर रहेको डाक्टर यादवदेव भट्टले जानकारी दिनुभएको छ । शाहको मुटुमा स्टेन्ट (मुटुको धमनीमा राखिने एक प्रकारको ट्युब) राखिएको छ । उहाँलाई एक-दुई दिन अस्पतालमै राखेर उपचार गरिने अस्पतालले जनाएको छ । 

पूर्वयुवराज पारसलाई हृदयघात भएको यो चौथो पटक हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement