पोखरामा ‘गन्तव्य गण्डकी’, चार सत्रमा छलफल हुँदै

माघ ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
पोखरामा ‘गन्तव्य गण्डकी’, चार सत्रमा छलफल हुँदै

काठमाडौं । पोखराको पर्यटन क्षेत्र र आर्थिक समृद्धिको विषयलाई केन्द्रमा राखेर कान्तिपुर मिडिया ग्रुपले ‘गन्तव्य गण्डकी’ आयोजना गर्दै छ । बिहान १० बजेबाट सुरू हुने कार्यक्रममा आज दिनभरमा चार सत्रमा छलफल हुनेछन् ।

पहिलो सत्रमा ‘राजनीति र पर्यटन नीति’, दोस्रो सत्रमा ‘साहसिक यात्रा, स्वप्निल गन्तव्य’, तेस्रो सत्रमा ‘मूल सरोकार : शिक्षा, स्वास्थ्य र रोजगार’ तथा चौथो सत्रमा ‘संघीयता : भार कि अधिकार ?’ शीर्षकमा प्यानल छलफल हुनेछन् ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण ईकान्तिपुर डटकम तथा कान्तिपुर टेलिभिजनको युट्युब च्यानलमार्फत हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement