कास्की । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति लामिछानेको तर्फबाट लगभग डेढ दर्जन कानुन व्यवसायी बहसमा उत्रिने तयारी छ । वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, रोहितराज बास्तोला, हरि सुवेदी तथा नारायण घिमिरेले बहस गर्दैछन् ।
त्यस्तै कानुन व्यवसायीहरू सुनिता रावत, सुरज बस्नेत, रमेश गिरी, रेनुकादेवी सिटौला, कृष्णप्रसाद पराजुली, यज्ञमणि न्यौपाने, नारायणदत्त घिमिरे, हेमराज पोखरेल उपाध्याय, कमलप्रसाद पोख्रेल, डिल्लीराम अधिकारी, गोविन्दप्रसाद अधिकारी, लेखनाथ सापकोटा र हरिप्रसाद सुवेदीले पनि रवि लामिछानेको तर्फबाट बहस गर्नेछन् ।
पूर्व डीआईजी छविलाल जोशीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, जगन्नाथ ढकाल, कृष्ण खरेल र अधिवक्ता अपूर्व खतिवडाले बहस गर्ने जाहेरवालातर्फका अधिवक्ता आरसी गौतमले जानकारी दिनुभयो ।
त्यस्तै जीबी राई निकट भनिएकी लीला पछाईको तर्फबाट गणेशबहादुर भट्टराईले बहस गर्दैछन् । पुस १६, १७ र १८ गते सरकारी वकील र जाहेरवालाका तर्फबाट बहस भएको थियो। सरकारी वकिलको तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए। त्यस्तै जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी, अधिवक्ताहरू युवराज पराजुली, बेदबहादुर विष्ट, आरसी गौतम र हरि कट्टेलले बहस गरेका थिए ।