धनकुटामा स्थानीय रैथाने बाली प्रवर्धनका लागि प्रदर्शनी

मंसिर ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
धनकुटामा स्थानीय रैथाने बाली प्रवर्धनका लागि प्रदर्शनी

धनकुटा । एभोकाडो तथा स्थानीय रैथाने कृषि उपज उत्पादन र प्रवर्धनका लागि धनकुटा नगरपालिकाले एक दिने प्रदर्शनी गरेको छ ।

प्रदर्शनीमा एभोकाडो फल, त्यसका सह-उत्पादनको बिक्री र खेती प्रविधिका बारेमा जानकारी गराइयो । प्रदर्शनीमा दुग्ध उत्पादन, तरकारी, कोदो, मकै, जुनेलो, फापर, कागुनो जस्ता लोपहुन लागेका रैथाने बालीका एक दर्जन स्टल राखिएको छ । 

कृषि उपज उत्पादन र बजारीकरणमा सहयोग पुर्‍याउन प्रदर्शनीको आयोजना गरिएको धनकुटा नगरपालिकाले जनाएको छ ।

प्रदर्शनीमा उपज उत्पादक, लगानीकर्ता, व्यवसायी, कृषि विज्ञहरुबीच अन्तक्रिया र उद्यमशिलता प्रवर्द्धनसम्बन्धी परामर्श कार्यक्रम सञ्चालन गरिएको छ । 

६ बर्ष अघि एभोकाडोको राजधानी घोषणा गरिएको धनकुटा नगरपालिकाले बिगत वर्षमा एभोकाडो महोत्सव गर्दै आएको थियो । यो बर्ष भने प्रदर्शनीमा स्थानीय रैथाने बाली र उत्पादन समेत समाबेस गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.