सुनसरी । पानीको बहाव सामान्य भएसँगै सप्तकोसी नदीस्थित चतरामा पुनः मोटरबोट सञ्चालनमा आएको छ ।
गत जेठ अघिदेखि बन्द रहेको मोटरबोट सोमबारबाट पुनः सञ्चालन ल्याइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।
मनसुनका बेला जोखिम बढ्ने भएकाले गत जेठमा प्रशासनले मोटरबोट सञ्चालनमा रोक लगाएको थियो । सुनसरीको चतरादेखि बराहक्षेत्र हुँदै भोजपुरको हतुवागढीसम्म मोटरबोट सञ्चालन हुँदै आएको छ ।
चाडपर्वको मुखमा मोटरबोट पुनः सञ्चालनमा आएसँगै सप्तकोशी नदी आसपासका सुनसरी, भोजपुर, उदयपुर, धनकुटाका यात्रुलाई सहज भएको छ ।