त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले क्यानडालाई दियो १ सय ४० रनको चुनौती

आश्विन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले क्यानडालाई दियो १ सय ४० रनको चुनौती

काठमाडौं । त्रिकोणात्मक टी-ट्वेन्टी सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले क्यानडालाई १ सय ४० रनको चुनौती दिएको छ ।

किंग सिटीस्थित मप्ले लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा जारी खेलमा क्यानडाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । निर्धारित २० ओभरको समाप्तीमा नेपालले ६ विकेटको नोक्सानीमा १ सय ४० रनको चुनौती पस्किएको हो । नेपालका लागि अनिल शाहले सर्वाधिक ४१ रन बनाए । साथै आसिफ शेखले ३० रन बनाउँदा गुल्शन झा ले अविजित २३ रन बनाए । यस्तै नेपालका लागि कप्तान रोहित कुमार पौडेल र कुशल मल्लले समान ४/४ रन बनाए ।

यस सिरिजमा नेपाल लगातार दोस्रो जितको खोजीमा रहँदा गए राति सम्पन्न खेलमा ओमानविरुद्ध ८ विकेटले पराजित घरेलु टोली पुनरागमन गर्ने योजनामा हुने छ ।

यस टी-ट्वेन्टी आई सिरिजमा सहभागी ३ वटै टोलीले १-१ खेल हारेका छन् । पहिलो खेलमा नेपाल क्यानडासंग १४ रनले पराजित भएको थियो । नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुने छ ।

निरन्तरको हारको श्रृंखला अन्त्य गर्दै दोस्रो खेलमा नेपालले ओमानविरुद्ध ३७ रनको सहज जित हात पारेको थियो ।

यस खेलमा गुल्सन झा र दिपेन्द्रसिंह ऐरीले अल राउण्ड प्रदर्शन गरेका थिए । नेपाल र क्यानडाबीच हालसम्म ३ टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा क्यानाडाले २ र नेपालले १ खेल जितेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement