सिन्धुपाल्चोक प्रशासनले भन्यो- इन्द्रावतीमा बाढी आउन सक्छ, सतर्क रहनू

भाद्र ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिन्धुपाल्चोक प्रशासनले भन्यो- इन्द्रावतीमा बाढी आउन सक्छ, सतर्क रहनू

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा गएका पहिरोका कारण इन्द्रावतीमा नदीमा बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

थाङपाल गाउँपालिकामा सुख्खा पहिरो गएका कारण इन्द्रावतीमा नदीको बहाबमा अवरोध हुन सक्ने भन्दै मेलम्ची नगरपालिका, पाँचपोखरी र इन्द्रवती गाउँपालिकाका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

'सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा आएको सुख्खा पहिरोको कारण इन्द्रावती नदीको बहाबमा अवरोध भइ रहेको हुदाँ नदी थुनिन सक्ने, नदी थुनिएर एक्कासी खोलिएमा बाढी आउन सक्ने भएकाले पाँचपोखरी गाउँपालिका वडा नं ७ र ८ मेलम्ची नगरपालिका वडा नं ७, ९, ११, १२ र १३ र इन्द्रावती गाउँपालिका वडा नं १०,११ र १२ लगायतका नदी तटमा बस्ने स्थानीय बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन हुन अनुरोध गरिन्छ,' प्रशासन कार्यलयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement