ललितपुरको गोदावरीमा लागेको डढेलोमा घाइते भएकामध्ये थप एक जनाको मृत्यु

वैशाख १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
ललितपुरको गोदावरीमा लागेको डढेलोमा घाइते भएकामध्ये थप एक जनाको मृत्यु

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेलस्थित सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका गोदावरीका रमेश पहरीको आज बिहान मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

यसअघि हिजो गोदावरी- २ का शंकर पहरीको उपचारका क्रममा निधन भएको थियो । यो सँगै गोदावरी डढेलोबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । आनन्द वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आए पनि अन्य वनहरुमा लागेको डढेलो भने अझै नियन्त्रणमा आएको छैन ।

डढेलो नियन्त्रणका लागि स्थानीयवासीसँगै प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोली प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.