कार्यक्रम 'फायर साइड'मा एमाले नेता भीम रावल : गृहमन्त्री लामिछानेले नैतिकता देखाउनुपर्छ

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कार्यक्रम 'फायर साइड'मा एमाले नेता भीम रावल : गृहमन्त्री लामिछानेले नैतिकता देखाउनुपर्छ

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सहकारीमा वचतकर्ताको रकम हिनामिना प्रकरणमा नाम जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नैतिकता देखाउनुपर्ने बताउनुभएको छ । 

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै रावलले अनुसन्धानका लागि बाटो खोल्नकै लागि पनि गृहमन्त्रीले नैतिकताका आधारमा मार्ग प्रसस्त गर्नु उपयुक्त हुने बताउनुभएको हो । उहाँले कुनै विषयमा प्रश्न उठिसकेपछि पनि त्यही मन्त्रालयमा जानु राजनीतिक इमान्दारिता नभएको बताउनु भयो । 

कार्यक्रम फायर साइड कान्तिपुर टेलिभिनजमा सोमबार राति ९ बजे प्रसारण हुनेछ । साथै, कान्तिपुर टेलिभिजनको एप र युट्युब च्यानलमा समेत हेर्न सकिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.