काठमाडौं । आज चैत्र शुक्ल अष्टमी, अर्थात् चैते दसैँ । हिन्दु धर्मावलम्बीहरूले शक्तिपीठ देवीको पूजा आराधना गर्दै चैते दसैँ मनाउँदै छन् ।
असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसैँ हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् । असोजमा बडादशैंको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दसैँका रूपमा मनाउने गरिन्छ ।
चैते दसैँको अवसरमा आज बिहानैदेखि शक्तिपीठहरुमा दर्शनार्थीको घुइँचो लागेको छ ।
भोलि रामनवमी पर्व मनाइन्छ ।