जनकपुरधाममा मनाइयो जोगिरा महोत्सव

चैत्र ११, २०८० |कान्तिपुर टीभी संवाददाता
जनकपुरधाममा मनाइयो जोगिरा महोत्सव

जनकपुर । होलीको अवसरमा गाउँ गाउँमा समूहगत रूपमा गाइने जोगिरा लोप हुन लागेको बेला जनकपुरधाममा आइतबार जोगिरा महोत्सव आयोजना गरिएको छ ।

मिथिलामा लोक संस्कृति पर्वको रूपमा मनाइने होलीमा गाइने जोगिरालाई संरक्षण र संवर्द्धन गर्न मिथिला नाट्य कला परिषदले प्रत्येक वर्ष झैँ यस वर्ष पनि जोगिरा महोत्सवको आयोजना गरेको हो । राम मन्दिरमा आयोजना गरिएको महोत्सवमा धनुषा, महोत्तरी, सर्लाही र सप्तरी गरी १० वटा समूह सहभागी थिए । 

श्रीपञ्चमीदेखि विधिवतरुपमा मिथिलाका गाँउघरमा जम्मा भई समूहगत रूपमा जोगिरा गाइने चलन रहे पनि अहिले लोप हुने अवस्थामा पुगेको छ । यसैबीच मिथिला नाट्य कला परिषद्ले राम मन्दिर प्राङ्गणमा यस वर्ष पनि बहुचर्चित महामूर्ख सम्मेलन आयोजना गर्ने भएको छ ।

यो पनि...

आपसी सद्भाव र खुसी साटासाट गरेर पहाडी क्षेत्रमा मनाइयो फागु, तराईमा भोलि मनाइँदै

रङमा झुमे युवादेखि बालबालिका (११ तस्बिर)

तस्बिरमा भक्तपुरको होली-उमंग


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.