भूकम्पले चर्काएकै घरमा पीडितको बास

माघ २, २०८० |सरोज वली
भूकम्पले चर्काएकै घरमा पीडितको बास

जाजरकोट । भूकम्पको जोखिम न्यूनीकरणबारे सचेतनाका गतिविधिसहित आज भूकम्प सुरक्षा दिवस मनाइँदै छ । तर जाजरकोटका भूकम्पपीडित अहिले पनि जोखिम मोलेरै चर्किएको घरभित्र बस्न बाध्य छन् ।

जाजरकोट भूकम्प गएको दुई महिना बढी भयो तर कतिपय पालिकाले अझै पनि अस्थायी आवासका लागि पहिलो किस्ता बापतको रकम वितरणमा ढिलाइ गरिरहेका छन् । जसका कारण अस्थायी आवास निर्माण नहुँदा चर्किंएकै घरभित्र बस्न बाध्य भएको भेरी नगरपालिका ३ का भूकम्पपीडित सिद्धिबहादुर पुनको बताउँछन् ।

गत कात्तिक १७ गते राति आएको भूकम्पले जाजरकोटका ३४ हजार ५ सय १ घरधुरीका एक लाख ७९ हजार ८९३ जनसंख्या प्रभावित भएका छन् । जिल्लामा हालसम्म ९ हजार ६३८ अस्थायी आवास बनेका छन् भने २२ हजार ४६१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ता बापतको रकम लगेका छन् ।


Image

सरोज वली

वली कान्तिपुर टेलिभिजनका जाजरकोट प्रतिनिधि हुन् ।