काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा कोटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले नेपाली उत्पादनलाई बजारीकरण गर्न जरुरी रहेको बताउनुभएको हो ।
उहाँले कोटेश्वर महोत्सवको एउटै उद्देश्य यहाँको बजारलाई अझ प्रवद्र्धन गर्नु रहेको बताउनु भयो । उहाँले नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि महोत्सव महत्वपूर्ण हुने बताउनु भयो । ‘महोत्सवको एउटै उद्देश्य छ, त्यो भनेको यहाँको बजारलाई अझ प्रवद्र्धन गर्नु रहेको छ । सँगै नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि पनि यो महोत्सव एकदमै महत्वपूर्ण छ,’ उहाँले भन्नुभयो ।
उहाँले महोत्सवमा धेरै भन्दा धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बजारसम्म जोड्न पाउने बताउनु भयो । उहाँले नेपालमै उत्पादित सामग्रीहरु किन्न र प्रयोग गर्न आग्रह गर्नुभयो ।