अपडेट : त्रिशूली नदीमा गाडी मात्रै भेटियो, चालक सम्पर्कमा आएनन्

माघ २, २०८० |कान्तिपुर टीभी संवाददाता
अपडेट : त्रिशूली नदीमा गाडी मात्रै भेटियो, चालक सम्पर्कमा आएनन्

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ५, स्थित त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बलेरो गाडी खसेको भेटिएको छ ।

आज बिहान ४:४० बजेको समयमा ३ नम्बर पुलनजिक सडकबाट ८०/८५ मिटर तल त्रिशूली नदीको पानीभित्र बत्ती बलेजस्तो देखिएपछि प्रहरीलाई खबर पुगेको थियो ।

घटनास्थलमा बीआर ०९ जीसी १४३० नम्बरको प्लेट फेला परेको छ । जिल्ला प्रहरी कार्यलाई चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले गोताखोरको टोलीले खोजी कार्य गर्दा सेतो रङको भारतीय बलेरो फेला परेको जानकारी दिए । उनका अनुसार सिंगल क्याबको उक्त गाडीभित्र मान्छे भेटिएको छैन । गाडी चालक सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.