प्रसाईं नेतृत्वको अभियानलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइएको छैन : प्रशासन

मंसिर ८, २०८० |कान्तिपुर टीभी संवाददाता
प्रसाईं नेतृत्वको अभियानलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति दिइएको छैन : प्रशासन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको प्रस्ट पारेको छ ।

दुर्गा प्रसाईँ नेतृत्वको अभियानले आज तीनकुने केन्द्रित कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले अनुमति नदिएको जनाएको हो ।

अभियानले अराजक र हिंसात्मक गतिविधि गर्न उक्साउने तथा हुलहुज्जत गरी निषेधित क्षेत्रतर्फ अघि बढ्ने कार्यक्रम सार्वजनिक गरेको भन्दै प्रशासनले त्यस्ता गतिविधि गर्न नदिइने पनि प्रस्ट पारेको छ ।

कानुन विपरीतका गतिविधिमा सहभागी नहुन पनि जिल्ला प्रशासन काठमाडौंले आग्रह गरेको छ ।

यसैबीच तीनकुने क्षेत्रमा प्रहरीले सतर्कता बढाएको छ । सडकमा अनावश्यक रुपमा मानिसलाई भेला हुन दिइएको छैन । प्रहरीले शंका लागेका केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति नलिई कार्यक्रम गर्न खोजेको भन्दै ठिमीस्थित प्रसाईंको निजीनिवास बाहिर सुरक्षा व्यवस्था कडा पारेको छ ।

सम्बन्धित समाचार...

बल्खुमा झडप भएपछि... (फोटो फिचर)

बल्खुमा व्यवसायी दुर्गा प्रसाईंको विरोध प्रदर्शन (तस्बिरसहित)

सरकारविरुद्ध तीनकुनेमा युवा संघको प्रदर्शन (तस्बिरसहित)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.