राष्ट्रपति पौडेल जाजरकोटमा

कार्तिक २१, २०८० |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति पौडेल जाजरकोटमा

जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जिल्ला जाजरकोट आइपुगेका छन् ।

राष्ट्रपति पौडेल सेनाको हेलिकप्टरमार्फत केहीबेर अगाडि जाजरकोटको थाप्लेचौरमा अवतरण गरेका हुन् ।

यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति आज भूकम्प प्रभावित जिल्ला जाजरकोट आएका हुन् । जाजरकोटको भूकम्प प्रभावित क्षेत्रको अवलोकनपछि उनी र रुकुम पश्चिम पनि जाने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

यसअघि हिजो राष्ट्रपतिले भोलि (बुधबार) देखि तय भएको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका थिए । विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement